नमुना स्वास्थ्य वडा बनाउन पहिलो चरणको अभियान सम्पन्न

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ८ लाई नमुना स्वास्थ्य वडा बनाउन धनसिँहपुरमा शुरु भएको पहिलो चरणको अभियान सम्पन्न भएको छ ।

देशकै पहिलो नमुना स्वास्थ्य वडा बनाउनका लागि धनसिहपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मिहरुलाई पहिलो चरणको अभिमुखीकरण कार्यक्रम हिजो धनसिँहपुर स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

धनसिँहपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लको अध्यक्षतामा भएको पहिलो चरणको अभिमुखिकरणमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद अर्यालले नमुना स्वास्थ्य वडा बनाउन नगरपालिकाको पुर्ण सहयोग रहने बताए ।

अध्यक्ष ठकुल्लाले नमुना स्वास्थ्य वडा बनाउने लक्ष्य लाई पूरा गर्न सम्पूर्ण सरोकारवालाको सहयोग जरुरी रहेको बताउदै नमुना स्वास्थ्य वडा बनाउने योजना वडा को मात्रै नभै नगरपालिका ,जिल्ला र यो प्रदेशकै गौरवको अभियान रहेकोले गौरव को लक्ष्य हासिल गर्न आफू लाग्ने र सबैलाई साथ दिन आह्वान गरे ।

निकट भविस्य मै वडालाइ देशकै पहिलो नमुना स्वास्थ्य वडा घोषण गर्ने रहेकाले नमुना वडा भए देशकै ऐतिहासिक नमुना वडा हुने स्वास्थ्य चौकिका ईन्चार्ज केवल सिँह भुलले बताए ।

पहिलो चरणको अभिमुखिकरणलाई टीकापुर नगरपालिकाकि प्रमुख प्रशासकिय अधिकृत रञ्जु आचार्य , स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावल , धर्म सिह बटाला र कमल बहादुर रावलले सहजिकण गरेका थिए ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed