शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । टीकापुर–२ स्थित रानी कर्णाली सामुदायिक बन उपभोक्ता समुहको ११ औं वार्षिक साधारणसभा जनलेखा परिक्षण तथा सार्वजनिक सुनुवाइ शनिबार सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथि रहेका टीकापुर नगरपालिका वडा न.ं २ का वडा अध्यक्ष प्रकाश बहादुर बुढाथोकीले सामुदायिक बनले छोटो समयमै राम्रो प्रगती गरेको भन्दै सामुदायिक बनको बिकासका लागी वडाको पुर्ण सहयोग रहने बताए ।
बिशिष्ट अतिथी रहेका सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख लाल वहादुर विश्वकर्माले सामुदायिक बनको आर्थिक अवस्था सुधार गरेर मात्रै केही नहुने बताउदै सामुदायिक बनको हैसियत बढाउन सैबले बनको संरक्षणका लागि लाग्न जरुरी रहेको बताए ।
बिशिष्ट अतिथि खोटेना भुराखानी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष श्याम खत्रीले लामो समयको सँघर्ष पछि सामुदायिक बनहरुको बार्षिक आम्दानिको अवस्थामा सुधार आई केही उपभोक्ताहरुलाई रोजगार दिन योग्य बनिरहेकाले भन्दै खुसी व्यक्त गरे ।
बिशिष्ट अतिथी रहेका शितल सामुदायिक वन उपभोक्ता समुह का अध्यक्ष शिद्वराज ठकुल्लाले राम्रो काम गरिरहदा नराम्रो कामको पछि मात्र लाग्ने प्रबृती उपभोक्ता हरुको रहेको बताउदै बनको सँरक्षणका लागि कुरा काट्नु भन्दा गलत हुन नदिन सल्लाह सुझाब दिन जरुरी रहेको छ ।
रानी कर्णाली सामुदायिक बनका अध्यक्ष रमेश बिकले अध्यक्षता सँगै प्रगति प्रतिबेदन प्रस्तृत गर्दै सामुदायिक बनको पदाधिकारी, बनका सँरक्षकको महत्वपूर्ण भुमिकाले बनको ११ औ साधारण सभा हुदा सम्म बनमा पक्कि पोल सहित तारबार,बेत पल्लम्बर तालिम र बनको निजि पक्कि भवन निर्माण गरेको जानकारी दिए ।
जनलेखा परिक्षण प्रस्तृत गर्दै बनका कोषाध्यक्ष शिबलाल चौधरी ले आव २०७६÷०७७ असार मसान्त सम्मको २२ लाख,१६ हजार,३ सय ९४ बराबरको आय व्याय,२०७७÷०७८ को ४१ लाख, ८८ हजार,८ सय १७ बराबरको अनुमानित आय व्यय विवरण प्रस्तृत गरेका थिए ।
साधारण सभाको स्वागत उपाध्यक्ष आशिस,शाहले गरेका थिए भने समाजसेवी कृति सिँह, शिक्षक अशोक बिक, समाजसेवी भिम शाह,टेक बहादुर रावल, पत्रकार सुदिप बिक,नेपाल दलित जनउत्थान समाजका उपाध्यक्ष पदम टमट्टा लगायतले धारणा राखेका थिए ।
सामुदायिक बनको आम्दानीमा थप सुधार ल्याउन पर्यटकिय क्षेत्रको रुपमा बिकास गरि सबैको सल्लाह सुझावका आधारमा अघि बढने अध्यक्ष बिकले बताए ।
साधारण सभामा आय व्याव बिवरणको जिज्ञासा संकलन सहित सहजिकरण बन संरक्षक दिर्घ तिरुवाले गरेका थिए । भने साधारण सभाको सँचालन सिता रावलले गरेकि थिईन ।