गोदावरीमा सडेको अबस्थामा शब फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ मा एक ब्यक्तिको शव सडेको अबस्थामा फेला परेको छ ।
गोदावरी ४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा सडेको अवस्थामा फेला परेको शवको सनाखत हुने सकेको छैन ।

५ फिट ५ इन्च अग्लो ती मृतक व्यक्ति करिव २५÷३० वर्ष उमेरको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक व्यक्तिले निलो रंगको जिन्स पाइन्ट लगाएका छन भने दाँया हातको पाखुरामा नाग सर्प र शिवलिङ्गको ट्याटु, दायाँ हातको बसढी औलामा बिच्छीको ट्याटु, बायाँ हातको पाखुरामा बिच्छीको ट्याटु रहेको छ ।

शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको समेत प्रहरीले जनाएको छ।

amazed