शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । टीकापुर नगरपालिका वडा न.ं ८ लाई नमुना स्वास्थ्य वडा बनाउने तयारी भई रहेको छ ।
देशकै पहिलो नमुना स्वास्थ्य वडा बनाउनका लागि टीकापुर नगरपालिका तयारीमा रहेको नगरपालिकाका प्रबक्ता तथा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले जानकारी दिए ।
धनसिँहपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अध्यक्ष ठकुल्लाले नमुना स्वास्थ्य वडा समग्र वडा र नगरपालिकाको मात्रै नभई जिल्ला र यो प्रदेशकै गौरवको अभियान रहेकोले गौरवको लक्ष्य हासिल गर्न आफु लागि रहेको बताए ।
धनसिँहपुरमा भएको पहिलो चरणको अभिमुखिकरणमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद अर्यालले नमुना स्वास्थ्य वडा बनाउन टीकापुर नगरपालिकाको पुर्ण सहयोग रहने बताए ।
अध्यक्ष ठकुल्लाले नमुना स्वास्थ्य वडा बनाउने लक्ष्य लाई पूरा गर्न सम्पूर्ण सरोकारवालाको सहयोग जरुरी रहेको बताए ।
निकट भविष्य मै टीकापुर नगरपालिका वडा नं. ८ लाइ देशकै पहिलो नमुना स्वास्थ्य वडा घोषणा गर्ने लक्ष रहेकाले नमुना वडा भए देशकै ऐतिहासिक नमुना वडा हुने समेत धनसिँहपुर स्वास्थ्य चौकिका प्रमूख केवल सिँह भुलले बताए ।