प्रधानमन्त्री ओली भोली धनगढी आउदै, सुरक्षा व्यवस्था कडा पारियो

शेयेर गर्नुहोस

टीकापुर । प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
धनगढीमा पुस २४ गते (भोली) कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

पार्टी विभाजन र संसद विघटनपछि पहिलोपटक उपत्यकाबाहिर आउन लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताए ।

‘संसद विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थीतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउछौ,’ सुवेदीले भने ।
प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुस २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै आज बैठक सम्पन्न गरेको छ ।
प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।

amazed