भारतबाट आयात हुने पन्छी तथा पन्छीजन्य वस्तुको आयातमा रोक

शेयेर गर्नुहोस

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजोबाट भारतबाट आयात हुने पन्छी र पन्छीजन्य वस्तुमा पूर्ण रोक लगाएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै कञ्चनपुर प्रशासनले भारतबाट आयात हुने पन्छी तथा पन्छीजन्य वस्तुमा प्रतिबन्ध लगाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भएको छ ।

भारतबाट आयात हुने कुखुरा र त्यसका दानाहरूमा पूर्ण रोक लगाउन प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरिएको उहाँले बताउनुभएको छ ।

खुला सीमा नाका कारण भारतबाट लुकाइछिपाई कुखुरा र तिनका दानाहरू आयात हुने गरेको कञ्चनपुरमा भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै प्रशासनले कडाइका साथ आयातमा प्रतिबन्ध गर्न निर्देशन दिए बमोजिम मातहतका प्रहरी इकाईहरूमा निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी गण नम्बर ३५ ले जनाएको छ ।

ताजा खबर

amazed