शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । टीकापुर नगरपालिका वडा न.ं ३ रामपुरमा आज कोभिड १९ सम्बन्धि अभिमुखिकरण तालिम तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
टीकापुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष रामशेवक महतोले कोरोनाको कहरमा अझै पनि वडा बासीहरु बाचिरहेकाले वडामा कोरोना रोग सम्बन्धि सचेतिकरण तथा सचेत गराउन कोरोना सँक्रमण सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए ।
वडालाई स्वस्थ्य बनाउनका लागी महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्त्वपूर्ण योगदान रहेको भन्दै अझै पनि वडालाई स्वस्थ्य बनाउन सरोकारवालाहरुको महत्त्वपूर्ण सहयोग जरुरी रहेको बताए ।
कोभिड १९ सम्बन्धि सचेतिकरण रामपुर स्वास्थ्य चौकि रामपुरका स्वास्थ्यकर्मि दिपेन्द्र पनेरुले गराएका थिए । भने सो कार्यक्रममा हातधुने साबुन, माक्स लगाएतका सामाग्रीहरु वितरण गरिएको थियो ।
तालिम तथा अभिमुखिकरणमा वडाका जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्य स्वयम् सेविका गरि ३१ जनाको सहभागीता रहेको थियो । अभिमुखिकरण सम्बन्धि वडा सचिव तारा बिक्रम रानाले प्रकाश पारेका थिए । भने कार्यक्रम संचालन लिना चौधरीले गरेकि थिईन ।