शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । कैलालीको सुदूरपुर्वि टीकापुर नगरपालिकाको ८ औं नगर अधिवेशन आइतबार टीकापुर पोलिटेक्निकलमा शुरु भएको छ ।
आठौं नगरसभामा उपप्रमुख केसरी बिष्ट द्वारा नगरको आर्थिक ऐन संसोधन प्रस्ताव पेश,ऐन संसोधन प्रस्ताव उपर छलफल तथा स्वीकृत,आर्थिक बर्ष२०७७÷०७८ का लागि स्वीकृती बजेट योजना तथा कार्यक्रम संसोधन प्रस्ताव पेश गरिने छ ।
त्यस्तै बिधेयक समितका संयोजक अक्कल बहादुर माझी द्वारा स्थानिय तहमा बाताबरण प्राकृतिक स्रोत संरक्षण गर्न बनेको ऐन बिधेयक २०७७ आदी बारे कार्यसुची प्रस्तृत गरिने छ ।
भने लेखा समिति संयोजक लालबिर चौधरी द्वारा प्रतिबेदन पेश आव २०७५र०७६ को म।ले।प प्रतिबेदन र २०७६÷०७७ को जिन्सी निरिक्षण प्रतिवेदन पेश गरिने छ ।
नगर प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा सुरु भएको अधिवेशनमा वडा १ देखि ९ सम्मका वडा अध्यक्ष सहित वडा सदस्य, सँचारकर्मिहरुको सहभागीता रहेको छ ।
