टीकापुर नगर अधिवेशन शुरु, महालेखाको प्रतिवेदनमाथि छलफल हुँने

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिकाको ८ औं नगर अधिवेशन आइतवारदेखि शुरु भएको छ । साथै महालेखाको प्रतिवेदनमाथि छलफल समेत हुँने भएको छ ।
टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा भएको नगर अधिवेशनमा नगर उपप्रमुख केसरी बिष्टद्वारा प्रस्तुत नगरको आर्थिक ऐन संसोधन प्रस्ताव २०७७ र आर्थिक बर्ष २०७७/०७८ का लागि स्वीकृती बजेट संसोदन प्रस्ताव पारित भएको छ ।


बिधेयक समितिका संयोजक तथा टीकापुर नगर कार्यपालिका सदस्य अक्कल बहादुर माझी द्वारा प्रस्तुत स्थानिय तहमा बाताबरण प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७७ समेत पारित भएको छ ।


यसैगरी लेखा समिति संयोजक लालबिर चौधरीद्वारा प्रस्तुत आ.व. २०७५/०७६ को महालेखा परिक्षण प्रतिबेदन प्रस्तुत भएको छ । उक्त प्रतिवेदनमा बेरुजु देखिएको रकम, अनियमितरुपमा खर्च भएको रकम र पेस्की फच्र्यौट गर्न पर्ने रकम प्रस्तुत गरिएको छ ।


महालेखाको प्रतिवेदन अनुसार बुँदा नं. २६ मा अनुगमन बैठक भत्तामा पदाधिकारी र कर्मचारीका नाममा भूक्तानी भएको १३ लाख ५७ हजार ८ सय ७५ रुपैयाँ अनियमितरुपमा खर्च भएको उल्लेख छ ।
त्यस्तै बुँदा नं. २१ मा टीकापुर नगरपालिकाका बिभिन्न शाखा उपशाखाका मुल्यांकन समितिको बैठक भत्तामा १८ लाख रुपैयाँ समेत अनियमित खर्च देखिएको उल्लेख छ ।


यसैगरी टीकापुर उद्योग बाणिज्य संघलाई २०७५ को महोत्सवमा १२ लाख रुपैयाँ टीकापुर नगरपालिकाले उपलब्ध गराएकोमा उक्त रकम खर्च पारदर्शी नभएको बुँदा नं. २३ मा उल्लेख छ ।
त्यस्तै २३ नंं बुँदामा सो रकम खर्चको प्लेन टिकटमा समेत बोडिङपास नभएको भन्दै त्यस्तो रकम उद्योग बाणिज्य संघबाट असूलि गर्नुपर्ने देखाइएको छ ।
आइतबारको अधिवेशनमा टीकापुर नगरपालिकाको वडा बिभाजन सम्बन्धि भने कुनै छलफल भएन ।


नगर प्रमुख तपेन्द्र रावललले थप ऐजेण्डाहरुमा सोमबार छलफल हुने जानकारी गराउदै अधिवेशन सोमबार सम्मका लागि स्थगित गरिएको बताए ।
उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका सबै वडाका अध्यक्ष, सदस्यहरु, शाखागत कार्यालय प्रमूखहरु, लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

amazed