किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी

शेयेर गर्नुहोस

बैतडी । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

बलात्कार आरोपमा गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्द पक्राउ परेका छन् । उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन ।

किशोरीको घरमै गएर ती युवकसहित अन्यले सामूहिक रुपमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

घटनामा संलग्न अन्यको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *