शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । सुदुरपश्चिम स्रष्टा मञ्च टीकापुर द्वारा आज ३२ जना कलाकारहरु टीकापुरमा सम्मानित गरिएको छ ।
माघि सँक्रान्तिको अवसरमा बरिष्ठ कलाकारलाई बिभिन्न बिद्या बाट सुदुरपश्चिमलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भुमिका निर्वह पश्चात ३२ जना कलाकारहरु सम्मानित गरिएको हो ।
सुदुरपश्चिम मँञ्चका अध्यक्ष रमेश सोपको अध्यक्षतामा सो कार्यक्रममा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले कलाकारहरुलाई सम्मान गर्दै सुदुरपश्चिमका कलाकारले राष्ट्रको मुलधारमा गायन क्षेत्रको बिभिन्न बिधा मार्फत सुदुरपश्चिमलाई चिनाउन सफल भएको बताए ।
सुदुरपश्चिम स्रष्टा मञ्चले कलाकारहरुलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाको आगामि दिनमा पनि सहयोग रहने बताए ।
नेपाल आईडल सिजन २ का बिजेता सुदुरपश्चिमका सम्पती रबि वडले नगरप्रमुख रावल द्वारा सम्मान ग्रहण गर्दै आफ्फ्नो प्रस्तृती राखेका थिए ।
बिशिष्ठ अतिथी रहेकि उमागाईले सुदुरपश्चिमलाई चिनाउन लामो समय सम्म गायन क्षेत्रमा लागिरहदा कुनै पनि निकाय बाट आत्मा सम्मानका लागि कुनै सहयोग तथा सम्मान नपाउदा आफू ओझेलमा परेको बताईन ।
कार्यक्रममा उपाध्यक्ष डम्मर बिकले स्वागत गरेको कार्यक्रममा,सहभागी तथा सम्मानित कलाकारहरुले आफ्ना प्रस्तृतीहरु राखेका थिए भने कार्यक्रमको सँचालन गोपाल बिक, करिष्मा चौधरीले गरेका थिए ।
