शेयेर गर्नुहोस
टीकापुर । आज माघ १ गते, चाक’, तरुल र तिलको लड्ड’जस्ता खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन रहेको छ ।
विभिन्न समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउने गरेका छन । माघे संक्रान्तिदेखि सूर्य धन’बाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।
आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा ःनान गरी पर्व जाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । माघ १ गते का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशाःत्रमा उल्लेख गरिएको छ ।
यस्तै थारु समुदायमा माघीलाई नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासका साथ मनाईरहेका छन । माघी पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ भने चेलीबेटीहरु माइती घर पुगेका छन् ।
माघ महिना लागेसंगै थारु संवत २६४४ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष शुरु भएको छ ।