प्रतिगमनका बिरुद्ध एकजुट भएर आन्दोलनको आधिँबेहरी ल्याउन जरुरी छः डा. भट्टराई

शेयेर गर्नुहोस

सुदिप बिक ।

टीकापुर । पुर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी नेपालका अध्यक्ष डा।बावुराम भट्टराईले प्रतिगमनका बिरुद्ध सबै नेपालीहरु एकजुट भएर नेपालमा आन्दोलनको आधिँबेहरी ल्याउन जरुरि रहेको बताएका छन ।

प्रधानमन्त्रि केपि शर्मा ओली द्वारा गरिएको प्रतिगमनका विरुद्व बुधबार जनता समाजबादी पार्टी नेपाल क्षेत्र न १ कैलालीले टीकापुरमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै प्रतिगमन बिरुद्ध एकजुट भएर अघि नबढे देश डर लाग्दो सुरुङ भित्र पसि राष्ट्रियता खतरामा हुने सँकेत रहेकोले देशमा आन्दोलनको आधिबेहरी ल्याउन आवश्यक रहेको बताए ।

भट्टराईले अहिलेको प्रमुख काम भनेको संबिधान र लोकतन्त्रलाई एउटा ट्रयाकमा ल्याउन सबै राजनीतिक दल एकजुट हुन आवश्यक रहेको बताए ।

बिरोध सभामा जसपाका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रमोद शाहले प्रधानमन्त्रिले आनदोलनका उपलब्धि लाई समाप्त गर्ने खेल,खेलेको भन्दै आफैले निर्माण गरेको संबिधानलाई समाप्त पार्ने खेलखेलि गैर कानुनी रुपमा प्रतिनिधि सभा बिघटन गरेको बताए ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed