धनसिँहपुर स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ८ धनसिँहपुरमा शुक्रबार देखि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ ।

गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै धनसिँहपुर स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो ।

धनसिंहपुर स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाको अध्यक्षतामा सुरु भएको अल्ट्रासाउण्ड सेवा सुचारु कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र राववले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा राखेर स्वास्थ्य क्षेत्रका गतिविधिहरु अगाढी बढाईरहेको बताए ।

अध्यक्षता गर्दै ठकुल्लाले अल्ट्रासाउण्ड बाट सेवा लिन चर्को रकम खर्च गरेर टाढा जानुपर्ने बाध्यता बाट वडा वासीहरु मुक्त रहेको भन्दै सबैलाई सेवा लिन आग्रह गरे ।

कार्यक्रमको उदेश्य तथा महत्त्व बारे प्रकाश गर्दै टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले अन्य ठाउँ भन्दा धनसिँहपुर स्वास्थ्य चौकिमा ग्रामिण अल्ट्रासाउण्ड सेवा दैनिक तथा निरन्तर रुपमा प्रवाह हुने बताए ।

स्वास्थ्य शाखाका ईन्चार्ज केवलसिँह भुलले स्वागत गरेको कार्यक्रमा सिअहेब यम बहादुर शाहले कार्यक्रमको सँचालन गरेका थिए भने ।

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी बिष्ट,प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद अर्याल ,स्वास्थ्य शाखाका कमल बहादुर रावल,लगायतको सहभागीता रहेको थियो ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed