शेयेर गर्नुहोस
टीकापुर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले भोलि (माघ १० गते) एक दिने नेपाल बन्द घोषणा गरेको छ ।
पार्टीले बिज्ञप्ति जारीगर्दै आफनो स्थायी समिति सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला (कञ्चन) लाई बिनाशर्त रिहा गर्न मागसहित नेपाल बन्दको आब्हान गरिएको जानकारी दिएको हो ।
यता, सुदूरपश्चिममा पनि बजार, सवारी साधन, उद्योग सबै बन्द गरिने विप्लव समूहले जनाएको छ ।
समूहले यसअघि, माघ ३ गते, बिरोध जुलुस, ५ गते बिरोध सभा, ७ गने बिरोध प्रदर्शन, ९ गते मशाल जुलुस र १० गते नेपाल बन्द गर्ने आन्दोलनको घोषणा गरेको थियो ।