प्रधानमन्त्री कपः कर्णाली विरुद्ध प्रदेश १ को शानदार जित, आर्मी सेमिफाइनलमा

शेयेर गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ ले जित निकालेको छ । शुक्रबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले हराएको हो ।

प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाएर हुँदै १ सय ५६ रन मात्रै बनाउन सक्यो। उसका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

यस्तै, निश्चल रावलले ३१, कप्तान रविन्द्रजंग शाहीले १८, दिवन पुन १४ र दिनेश अधिकारी ११ रनको योगदान दिए। प्रदेश १ का मिनास थापाले घातक बलिङ गरे। उनले १० ओभरमा २६ रन खर्चिएर ५ विकेट लिए। यस्तै, दिपेश कँडेलले ३, मनोज तामाङले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाए।

यस्तै शुभशंकर उराले ३६, मिनास थापाले २५, सर्वन यादव र फिर्दोस अन्सारीले १७–१७ तथा राजन मगरले १० रनको योगदान दिए। कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए। यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २–२ विकेट लिँदा दिवन पुन र राज शाहको नाममा एक–एक विकेट रह्यो।

प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित पुछारमा रहँदै समूह ‘ए’ बाट बाहिरिएको छ। कर्णालीले आफ्नो अन्तिम खेलमा माघ १० मा एपिएफसँग खेल्ने छ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *