टीकापुरबाट पक्राउ परेका विप्लवका ३ कार्यकर्ता विरुद्ध मुद्दा चलाइयो

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता कार्यकर्ता विरुद्ध सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाइएको छ।

माघ १० गते नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान थियो। सोही क्रममा प्रहरीले कैलालीको टीकापुरबाट ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट छन् । उनीहरु विरुद्ध ईलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक हित समेत विरुद्धको कसुरमा मुद्दा चलाइएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले पक्राउ परेका बारे थप अनुसन्धान भइरहेको बताए।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed