टीकापुर नगरपालिकाले मनायो पुर्वमेयर स्व. रत्नप्रसाद सञ्ज्यालको श्रद्धाञ्जली सभा

शेयेर गर्नुहोस

सुदिप बिक

टीकापुर । टीकापुर नगरपालिकाका संस्थापक नगरप्रमुख तथा पुर्व मेयर स्व. रत्नप्रसाद सञ्ज्यालको १३ औं दिनको पुण्य तिथिमा सोमबार टीकापुर नरगपालिकाले श्रद्धाञ्जली सभा मनाएको छ ।
बि. स. २०७७ पौष २९ गते स्वर्गारोहण हुनु भएका सञ्ज्यालको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र बहादुर रावलले टीकापुरलाई शिक्षा क्षेत्र सँग उनले गरेका नगरबिकासका कुराहरु उदाहरणीय रहेको बताउदै वहाका प्रेरणादायी कुराहरु लाई आत्मा साथ गर्दै अघि बढ्ने बताए ।
श्रद्धाञ्जली सभामा टीकापुर नगरपालिकाकि उपप्रमुख केशरी बिष्टले टीकापुर नगरपालिकामा कुशल प्रशासकका रुपमा बिकास निर्माणका कामहरु गरेको भन्दै नगरबिकासका सवालमा उहाँले बाकि राखेका बिकासका कामहरु आफुहरुले पूरा गर्नुपर्ने बताईन ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि वडले स्व. सञ्ज्यालले गरेका कुराहरु उदाहरणरिय आदर्शयोग्य रहेको भन्दै नगरबिकासमा वहाको योगदान अतुलनीय रहेकाले टीकापुर नाम रहे सम्म सबैको मन मस्तिष्कमा स्मरण रहिरहने बताईन ।
टीकापुर नगरपालिका स्थापना पश्चात नगरपालिकाका प्रथम संस्थापक नगरप्रमुख रहेर जिम्मेवारी निभाएका पुर्व मेयर स्व. रत्नप्रसाद सञ्ज्यालले नगरपालिकाको बिकासका लागि बलियो खम्बाको रुपमा रहेर महत्त्वपुर्ण योगदान गरेका थिए ।
१३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सँचालन टीकापुर नगरपालिकाका प्रशासकिय अधिकृत रँञ्जु आचार्यले सँचालन गरेकि थिईन भने श्रद्धाञ्जली सभामा नगरपालिकाका कर्मचारी देबी प्रसाद आचार्यले स्व. सञ्ज्याल निष्ठावान, मितव्यायी व्यक्ति रहेको बताए ।

ताजा खबर

कर्णाली नदीमा नुहाउने क्रममा मोहन्यालका शाही बेपत्ता

वैदेशिक रोजगारी ठगीको आरोपमा जानकीका आचार्य पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

हिरोले भन्दा बढी पारिश्रमिक लिएका भिलेनहरू

amazed