कक्षा १२ को रिजल्ट एक हप्ताभित्र आउने

शेयेर गर्नुहोस

टीकापुर । कक्षा १२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।

विद्यालयले भद्रगोल तरिकाले अंक पठाएका कारण सिस्टममा काम गर्न नसकिएको र जसका कारण रिजल्ट प्रकाशन गर्न ढिलाइ भएको उनले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन्। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *