नोबेल सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

गत आर्थिक वर्षमा ३ करोड ८३ लाख ७० हजार बराबरको कारोबार
सुदिप बिक ।
टीकापुर । नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं बार्षिक साधारण सभा मंगलबार टीकापुरमा सम्पन्न भएको छ ।
सहकारीले आर्थिक बर्ष २०७६/०७७ मा ३ करोड ८३ लाख ७० हजार ३ सय ६ बराबरको कारोबार गरेको छ ।


सहकारीका अध्यक्ष लालसिँह टमट्टाले साधारण सभाको अध्यक्षता गर्दै बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिबेदन प्रस्तुत गर्दै उनले कोरोनाले गर्दा लकडाउन भएपनि नकारात्मक प्रभावका बाबजुद पनि सँस्थाले राम्रो प्रगति गरि रहेको बताए ।


कार्यक्रममा प्रमुख अतिथी रहेका महालक्ष्मी बैंक टीकापुर शाखा प्रमुख खगेन्द्र साउँदले अहिलेको स्थितीमा संस्थाको मेरुदण्ड भनेको कर्जा रहेकाले जति सकिन्छ सहकारीले प्रगति गर्ने हो भने कर्जा प्रवाहमा बृद्वी गर्नुपर्ने बताए ।


बिशिष्ठ अतिथी रहेका सब डिभिजन बन कार्यालय टीकापुरका प्रमुख लाल बहादुर बिकले भने बचत सबैका लागि अपरिहार्य छ । आम्दानी बाट खर्च कटौति गरेर बचत गर्ने बानि बसाई आर्थिक सँकट बाट मुक्त हुने सकिने बताए ।


सहकारीले १२ औं साधारण सभामा सहकारीले कोभिड १९ को समयमा पनि बिभिन्न क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङकन गर्दै स्वास्थ्य क्षेत्रमा करि सिंह बिक, कृषि क्षेत्रमा धिरज दास, पशुपालनका क्षेत्रमा संजय बिक, युवा व्यावसायी क्षेत्रमा योगदान गर्ने चक्कि आटाका प्रोपराईटर तपेन्द्र जैगडि,फर्निचर व्यावसायी असोक कसारा, गणेश बिक,उत्कृष्ट बचतकर्ता बल बहादुर बिक, असल बचतकर्ता कुँबेर सोप, उत्कृष्ठ बजार प्रतिनिधी धनदास चौधरी, उत्कृष्ठ कर्मचारी प्रकाश सुनार, सहकारी को बिकासका लागि योगदान पुर्याउने जेष्ठ नागरिक जोगी टमट्टा, नयाँराम टमट्टा, सेरे कामी गरी १३ जनालाई हौसला स्वरुप केही नगद सम्मान, प्रसंशा पत्र सहित सम्मान गरिएको थियो ।


सहकारीका उपाध्यक्ष जित बहादुर आउजिले स्वागत गरेको कार्यक्रममा, सामुदायिक पुस्तकालय टीकापुरका सचिव कण्ठराज गिरी, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक निराजन सुनार, सहकारी का शिक्षा समिति सँयोजक जवाल सिंह तिरुवा,टीकापुर खानेपानीका सदस्य बल बहादुर बिश्वकर्मा, जनकल्याण बचत तथा ऋण सहकारीका प्रबन्धक छबिलाल जैशी, पत्रकार दुर्गा देबकोटा लगाएतले धारणा राखेका थिए । भने सहकारीका सचिव नारायण बिशवकर्माले सभाको सँचालन गरेका थिए ।


बाह्रौ साधारण सभा चुनावी साधारण सभा भएकाले पुन पुरानै कार्य समिति निर्बिरोध चयन हुन सक्ने सम्भावना सहकारीका प्रबन्धक नरेन्द्र टमट्टाले जानकारी दिए ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *