धनगढीमा राजा आउ देश बचाउँ भन्दै प्रदर्शन

शेयेर गर्नुहोस

राजतन्त्र र हिन्दु राष्ट्रको माग
धनगढी । धनगढीमा राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरिएको छ । राजसंस्था र हिन्दु राज्यको माग गर्दै कैलालीको धनगढीमा विहिबार प्रदर्शन भएको हो । धर्म साझा, देश साझा र राजा साझा भन्ने अह्वानका साथ सुन्दर सुदूरपश्चिमाञ्चलवासी जनताले धनगढीमा प्रदर्शन गरेको हो ।

धनगढीको बुद्धचोकबाट सुरु भएको प्रदर्शनको क्रममा कार, मोटरसाइकल र पैदल ¥याली धनगढीको मुख्य बजारमा निकालिएको थियो । राजाको समर्थनमा विभिन्न झाकी सहित धनगढीको मुख्य बजार क्षेत्रमा ¥याली निकालिएको आयोजक संगठनका ललित जोशीले जानकारी दिए ।

¥याली सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । ¥याली मार्फ हिन्दु राज्यको पनि माग गरिएको छ । ¥यालीमा राजसंस्था पुनःबहालीको वकालत गर्दै आएका पक्षधरहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed