शेयेर गर्नुहोस
टीकापुर । लामो समयदेखि बन्द अवस्थामा रहेका भारतसँग जोडिएका सुदूरपश्चिमका सीमानाका आजदेखि खुला गरिएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको जनाइएको छ ।
नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन् ।