बझाङ हत्या प्रकरणमा पक्राउ परेका चारै जनाको संलग्‍नताः प्रहरी

शेयेर गर्नुहोस

वसन्तप्रताप सिंह
बझाङ / बझाङको छबिसपाथीभेरा गाउँपालिकाका अमृतबहादुर सिंहको हत्या घटनामा पक्राउ परेका वडाध्यक्षसहित चारै जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार हत्याका आरोपित छबिसपाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, वडा नं। २ कै बासिन्दासमेत रहेका गाउँपालिकाका रोजगार अधिकृत प्रकाश अयडी, केदार अयडी र ज्ञानबहादुर कठायतलाई सार्वजनिक गरेको हो ।

मंगलबार दिउँसो सम्पन्न बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समिति निर्वाचनका बेला भएको विवादको विषयलाई लिएर साँझ २५ वर्षीय सिंहको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा कुन व्यक्तिको कस्तो संलग्नता थियो भन्ने खुलाइएको छैन । ‘प्रारम्भिक अनुसन्धानबाट चारै जना हत्यामा संलग्न रहेको पाइएको छ,’ जिल्लाका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले भने, ‘कसको कस्तो भूमिका थियो भन्ने हामी बुझ्दै छौं । विस्तृत अनुसन्धानपछि सबै थाहा हुन्छ ।’ अनुसन्धानका लागि अदालतबाट १० दिनका लागि म्याद थप गरिएको उनले बताए ।

गाउँको एक पसलनजिक खुँडा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका सिंहको केहीबेरमै मृत्यु भएको थियो । घटनामा संलग्नहरूलाई सार्वजनिक गरिएपछि मृतकको दाहसंस्कार पनि गरिएको छ । शवलाई सदरमुकाम चैनपुर बजार परिक्रमा गराइएको थियो । दाहसंस्कार कार्यक्रममा श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति थियो । सिंह नेपाल तरुण दल छबिसपाथीभेरा गाउँपालिकाका सदस्यसमेत थिए ।

(यो समाचार कान्तिपुर दैनिक बाट लिइएको हो)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed