दुर्घटनामा ३ जनाको मृत्यु

शेयेर गर्नुहोस

दाङ । दाङमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दङ्गिशरण गाउँपालिकाको रगैचा र लमहीमा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो ।

विपरित दिशाबाट आइरहेको रा १ त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवारमा दङ्गिशरण गाउँपालिका ४ बस्ने दिनेश खड्का र सोही ठाउँका विवेक थापाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिशीले जानकारी दिए ।

त्यस्तै लमहीमा आफूले चलाएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । लमहीको अर्जुन खोलाको किनारबाट कमानपुरतर्फ जाँदै गरेको रा १ त ३१७४ नम्बरको ट्याक्टर लोड गरेर उकालोतर्फ जाँदै गर्दा लोड गरिएको ट्रालीले घाँटी थिचिँदा चालक लमही ७ बस्ने हेमन्त गिरि मृत्यु भएको हो ।

ताजा खबर

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

amazed