शेयेर गर्नुहोस
पवन भण्डारी ।
टीकापुर । सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकीय स्थलहरु ओझेलमा परेको छ । प्रदेशमा पर्यटकीय सम्भावना बोकेका दर्जनौ स्थल भएपनि उचित संरक्षण र प्रचार प्रसार नहुँदा ओझेलमा परेका हुन ।
तर ती पर्यटकिय स्थलको संरक्षण र प्रचार प्रसारप्रति सरकारको ध्यान जान सकेको छैन । अहिले त्यस क्षेत्रमा पर्यटकका लागि आवास लगायतका भौतिक पुर्वाधारको अभाव रहेको छ ।
पर्यटन व्यवसायीहरुले प्रदेश सरकारलाई ती स्थानको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन । सरकारले ठाँउ ठाँउमा भ्यु टावरको नाममा कार्यकर्ता पाल्ने काम मात्रै गरेको नेपाल एसोसिययसन टुर एण्ड ट्राभल्स नाटाका केन्दीय अध्यक्ष अच्युत गुरागाईले बताए ।
सरकारले पर्यटन क्षेत्रको बिकासका लागी हरेक तह बाट बजेट बिनियोजन गरेको भएपनि बजेटको सहि सदुपयोग नहुनुले बिकास निर्माण हुन सकेको छैन । कति पय ठाँउमा एउटै काम देखाएर तिन वटै सरकारले छुट्यायको बजेट खर्च भईरहको भएपनि काम प्रभावकारी नै नभएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।
खप्तड क्षेत्रमा आवसका लागी होटेल हरुको ब्यवस्था गर्न सके बार्षिक रुपमा हजारौं पर्यटकहरु खप्तड घुम्न आउने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीको भनाई छ ।
सुदुरपश्चिम प्रदेशका पर्यटकिय स्थलहरुको संरक्षण र सम्र्बदन गर्न तर्फ प्रदेश सरकार बेखबर रहेको नेपाल पर्यटन बोर्डका पुर्ब सदस्य कृष्ण बहादुर महराले बताए ।
उनले पर्यटन ब्यावसायका लागी रकम छुट्याउदैमा बिकास नहुने बताउदै त्यस क्षेत्रमा काम भए नभएको अनुगमन गर्न जरुरी रहेको बताए ।
उनले सुदुरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारले पर्यटन बुझन नसक्दा पर्यटनको नाममा छुट्याएको रकम दुरुपयोग भएको बताए ।
कोरोना महामारीका कारण विश्वभरकै पर्यटन उद्योग धरासायी भएको छ । यस्तो अवस्थामा सरकारले उचित प्याकेज बनाएर पर्यटन क्षेत्रलाई अगाडी बढाउन प्रयास गरे राम्रो प्रतिफल आउने पर्यटक हरु बताउछन ।