शेयेर गर्नुहोस
कार्यक्रम अन्र्तगत पहिलो दिन २ सय ६० जनाले लिए सेवा
सुदिप बिक
बटनपुर । टीकापुर नगरपालिका वडा न ८ स्थित धनसिँहपुर स्वास्थ्य चौकीमा बिहिवार देखि दुई दिने निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रम सुरु भएको छ ।
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत टीकापुर अस्पतालको आयोजनमा भएको दुई दिने निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रमको पहिलो दिन ईसिजी ९ जना, भिडियो एक्सरे ३५ जना, प्रयोगशाला सेवा ६० जना गरि पहिलो दिन २ सय ६० जनाले सेवा लिएका छन ।
गाउँघरमा चिकित्सक कार्यक्रमको उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले वडाका नागरिकहरुलाई स्वास्थ्यमा सचेत गराउन गाउँघर चिकित्सक कार्यक्रम गरिएको बताए ।
उनले टीकापुर नगरपालिकाकै बाढिपिडित क्षेत्र,पिछडिएको क्षेत्र धनसिँहपुर रहेकाले स्वास्थ्यमा सामान्य समस्या देखा परेपनि औषधी सेवन गर्नेबानी राम्रो नभएकाले स्वास्थ्य सम्बन्धि चेकजाँच गरि डाक्टरको सल्लाह अनुसार औषधी सेवन गर्न आग्रह गरे ।
टीकापुर अस्पतालका डाक्टर सँदिप कुमार यादबले टीकापुर अस्पताल देखि टाढा रहेको धनसिँहपुर क्षेत्रका जेष्ठ नागरिक तथा बृद्वबृद्वा लाई स्वास्थ्य सम्बन्धी केही समस्या देखा परे टाढा जानुपर्ने बाध्यता रहेकाले स्वास्थ्य प्रती सचेतिकरण गराउन २ दिने गाउँघर चिकित्सक कार्यक्रम गरिएको बताए ।
उनले जुनसुकै उमेरका मानिसहरुको स्वास्थ्य चेकजाँच गरि केही समस्या देखा परे थप सल्लाह सुझाव दिई अन्य ठाउँमा पनि रिफर गरिने बताए ।
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत टीकापुर असपतालको आयोजनामा गरिएको कार्यक्रममा वडाबासीका लागि अस्पतालको सेवा स्वास्थ्य चौकिमै भिडियो एक्सरे,ईसिजी र प्रयोगशाला सेवा निशुल्क प्रदान गर्ने भएकाले सेवा ग्राहीलाई सेवा लिन धनसिँहपुर स्वास्थ्य चौकिका ईन्चार्ज केवल सिँह भुलले जानकारी दिए ।
धनसिँहपुर स्वास्थ्य चौकिका अहेब ।यम शाह ले उद्घाटन कार्यक्रमको संचालन गरेको थिए । भने पहिलो दिन सेवा लिने महिला स्वास्थ्य स्वयम् सेबिका संयोजक देबसरा साउँद, सेवा ग्राही रँग बुढा,झुमा लुहार, टीकाराम चौधरी,भगवान चौधरी,झँकरी भण्डारी लगायतले आफ्नै गाउँघरमा ईसिजी, भिडियो एक्सरे ,प्रयोगशाला सम्बन्धी सेवा पाउँदा खुसी व्यक्त गर्दै अस्पताललाई धन्यवाद दिएका छन ।
टीकापुर अस्पतालका मेडिकल अधिकृत डा।सन्दिप यादब सहितको टोलीले सेवा दिएका थिए भने टीकापुर अस्पतालले धनसिँहपुरका वडावासिहरुका लागि अस्पतालकै जस्तो दिएको निशुल्क सेवा प्रती सन्तृष्ट रहेको सेवा ग्राहीहरुले बताए ।