भागरथी हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृहमा पठाउन आदेश

शेयेर गर्नुहोस

टीकापुर । बैतडीकी भागरथी हत्याका अभियुक्त दिनेसलाइ बाल सुधारगृहमा पठाउन अदालतले आदेस दिएको छ ।


१७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टलाई बाल सुधार गृहमा पठाउन आदेश दिइएको हो ।


जिल्ला अदालत बैतडीले मंगलबार दिनेश भट्ट नाम गरेका ती किशोरलाई १८ वर्ष नपुगेको भन्दै बाल सुधारगृहमा राख्‍न आदेश दिएको हो । अदालतको आदेशपछि प्रहरीले भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको जनाएको छ ।


जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले मंगलबार थुनछेक बहस सुनिसकेपछि डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको हो ।
दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा १२ कक्षामा पढिरहेकी भागरथीको शव फागुन २१ गते खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । उनको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको र अनुसन्धानका क्रममा दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।


पक्राउपछि सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेका थिए । तर, भागरथीको पोस्टमार्टम रिपोर्टमा भने बलात्कारपछि हत्या भएको जनाइएको थियो ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed