शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरि प्रमुख एसपी अनुपम शमशेर जवराले टीकापुरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउँन सबैको भुमिका आवश्यक रहेको बताएका छन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा मँगलबार टीकापुरमा भएको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले शान्ति सुरुक्षा प्रभावकारी बनाउन आ–आफ्नो ठाउँमा महत्त्वपूर्ण भुमिका निभाउनु पर्ने जबराले बताए ।
उनले अन्तरकृया कार्यक्रममा सहभागीहरुको जिग्यासा सम्बोधन गर्दै भने प्रहरिले केही निश्चित ठाउँमा मात्रै सुरक्षा दिने हो ,सुरक्षा भन्ने कुरा आफ्नै लागि रहेकाले जोसुकैले आफ्नै लागि बिना बर्दिको प्रहरी बनेर सुरक्षा गर्न जरुरी छ ।
प्रहरिले सहि र गलतको रिजल्ट दिन नमिल्ने भएकाले नागरिकहरुले आफ्नो ठाउँमा भए गरेका अपराधजन्य कुराहरुको प्रमाण जुटाई महत्त्वपूर्ण सहयोग गर्न जिल्ला प्रहरी प्रमुख जबराले आग्रह गरे ।
सामुदायिक सेवा केन्द्रका नयनसिंह बमको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी रहेका टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले आफ्नो वरपर हुने गरेका सम्भावित घटनाहरुको बारेमा छिटो भन्दा छिटो प्रहरीलाई जानकारी दिन सके हिसाँत्मक घटना न्युनिकणमा नागरिकको भुमिका महत्त्वपूर्ण हुने बताए ।
बिशिष्ठ अतिथी रहेका जानकि गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले,दिगो बिकासका लक्ष्य प्राप्तीका लागि ,सु(शान्तिपूर्ण समाज हुन आवश्यक रहेको भन्दै सुरक्षालाई प्रभावकारी बनाउन जनप्रतिनिधि,सुरक्षाकर्मी,समुदायको तालमेल मिल्नुपर्ने बताए ।
बिशिष्ठ अतिथी रहेका ईलाका प्रशासन कार्यालय टीकापुरका कार्यालय प्रमुख शंकर बिष्टले भने समाज अझै पनि अपराधमुक्त छैन सुरक्षा प्रहरी एक्लैले गर्न सक्दैन अपराध रोक्न सबै जना सचेत हुनु पर्ने उनले बताए।
ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुधन न्यौपानले कार्यक्रमको सँचालन गर्दै ईलाका प्रहरी कार्यालय टीकापुरलाई नागरिक मैत्री बाताबरण बनाउने कुरामा निरन्तर लागिरहेको बताउदै नागरिकहरुका सल्लाह सुझावका आधारमा सुरक्षाका गतिविधिहरु अगाढी बढाईने बताए ।
सार्वजनिक सुनुवाइ तथा अन्तरकृया कार्यक्रममा सहभागी सरोकारवालाहरुले कानुनी प्रकृया अनुसार समुदायमा बिना बर्दिको जिम्मेवारी दिन सके समुदायमा सुरक्षाका सवालमा बिना बर्दिको प्रहरी बनेर काम गर्ने सहज वातावरण हुने सल्लाह दिए ।