भारतमा कोरोनाको दोस्रो लहर

शेयेर गर्नुहोस

एजेन्सी। भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिन थालेको छ। अहिले दैनिक पुष्टि भइरहेका नयाँ संक्रमितको संख्या ४० हजार नजिक पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० महिनामा पहिलो पटक संक्रमितको संख्या लगतार बढेको पाइएको हो। गत सात दिनमा ३९ प्रतिशतले संक्रमित बढेको जनाएको छ।

पछिल्लो २४ घन्टामा ३९ हजार ६७० नयाँ संक्रमित देखिएका छन्। यो ६ महिनायताकै सबैभन्दा बढी हो।अहिले सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा २५ हजार ८३३ नयाँ संक्रमित देखिएका छन्। महाराष्ट्रको पनि पुणे, मुम्बई, नागपुर र नासिकमा संक्रमण धेरै देखिएको छ।

त्यस्तै, पन्जाबमा २ हजार ३८७, दिल्लीमा ६०७, छत्तिसगढमा २११ नयाँ संक्रमित देखिएका छन्। भारतका अन्य राज्यमा नयाँ संक्रमितको संख्या बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।गुजरातमा पछिल्लो २४ घन्टामा १ हजार २७६ जनामा संक्रमण देखिएको छ। यस्तै, तालिमनाडुमा ९८९, मध्यप्रदेशमा ९१७, हरियाणामा ६३३, उत्तरप्रदेश ३२१, राजस्थान ३२७, पश्चिम बंगाल ३२३ र हिमांचलमा १६१ नयाँ संक्रमित देखिएका छन्।

संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा भारतमा १५४ जनाको मृत्यु भएको छ। अहिले देशभर दैनिक कम्तिमा १५० जनाको ज्यान गइरहेको जनाएको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या १ करोड १५ लाख १३ हजार ९४५ पुगेको छ। जसमध्ये १ लाख ५९ हजार ४०५ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, अहिलेसम्म १ करोड १० लाख ८१ हजार ५०८ जना निको भएका छन्। अहिले पनि २ लाख ७३ हजार ३२ जनाको उपचार चलिरहेको छ। उनीहरूमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ।

नेपालसँग सीमा जोडिएका भारतीय प्रदेशमा पनि संक्रमण बढिरहेको छ। उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोनाको दोस्रो लहर चल्न थालेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।

ताजा खबर

के तपाई पाठेघरको मुखको क्यान्सरबाट बच्न चाहनुहुन्छ ?

यस्ता समस्या भएका व्यक्तिहरुले काउलीको सेवन नगर्नुहोस्

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *