टीकापुरमा कोइला बोकेको ट्रक पल्टियो

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा भारतबाट कोइला बोकेर टीकापुर बजारतिर आउदै गरेको भारतीय नं. प्लेटको ट्रक गए राती पल्टिएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ लम्की पुल नजिक ट्रक पल्टिएको हो ।


ट्रक पल्टिदा चालक रजाद खान घाइते भएका छन । उनको हातमा चोट लागेको बताइएको छ ।
नेपाल भारत सीमाना नजिकको बन्बीरपुर बाट सो ट्रक कोइला बोकेर दुर्गौली स्थित अनन्द इट्टाभट्टामा आउदै गरेको बताइएको छ ।


लम्की पुल टीकापुर बसपार्कदेखि करिब १ किलोमिटर दक्षिणतर्फ छ । लम्की पुल भत्काएर नयाँ पुल निर्माण हुन लागेको र आवतजावत गर्न पुल तलबाट सडक बनाइएको छ ।
सडक साँघुरो बनाइएको र नयाँ माटो पटानी गरेकाले कोइला बोकेको ट्रक सडकबाट चिफ्लिएर पल्टिएको हो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *