शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी द्वारा टीकापुर नगरपालिका वडा न ८ स्थित त्रिभुवन माध्यमिक बिद्यालय बटनपुरको चार कोठे भवनको उद्घाटन गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको अनुदानमा निर्माण भएको चारकोठे भवनको उद्घाटन गर्दै प्रमुख अतिथी रहेका मन्त्रीले शिक्षा र चेतना नहुने समाज बास्तवमै समाज नहुने भन्दै बिद्यार्थीहरुको शिक्षाको अवस्थामा सुधार ल्याउन अभि–भावकहरुले बालबालिकालाई विशेष निगरानी राख्न आग्रह गरे ।

आगामि दिनहरुमा पनि बिद्यालयको बिकासका लागि पछि नहट्ने भन्दै नयाँ बर्ष २०७८ सालको शुभकामना व्यक्त गरे ।
चारकोठे भवनको समउद्घाटन कार्यक्रममा धारणा राख्दै टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले शिक्षा बिना जीवन सम्भव नभएको भन्दै जनशक्ति र भवनको व्यवस्थापन गरेर मात्रै केही नहुने बताउदै शिक्षाको गुणस्तरीयतामा पनि सुधार ल्याउन जरुरी रहेको बताए ।
बिद्यालयका प्रध्यानाध्यापक रबिन्द्र कठायतले उद्घाटन समारोहको स्वागत गरेका थिए भने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको चारकोठे भवनको समउद्घाटन कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष,मीन बहादुर कठायत, योगेन्द्र बहादुर साँउद लगायतले धारणा राखेका थिए ।
यसैगरी मन्त्री सुबेदीले टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका को समेत अनुनमन गरेका थिए । श्रीलंका स्थित कर्णाली राष्ट्रिय प्राविको निर्माणाधिन दुई कोठे पक्की भवनको समेत अनुगमन गर्नुभयो ।