शेयेर गर्नुहोस
टीकापुर । टीकापुर सुनचाँदी व्यवसायी संघ कैलाली उपशाखाले सिरहामा गोली हानेर व्यवसायीको हत्या गरीएको विषयमा घोर भत्सर्ना गरेको छ ।
टीकापुर सुनचाँदी व्यवसायी संघद्वाराद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे अमिता ज्वेलर्सका सञ्चालक प्रदीपकुमार विश्वकर्मा लाई हत्या गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौँ भनिएको छ ।
श्रङखलाबद्ध रूपमा व्यापारी माथि हमाला हुनुले सुरक्षा निकाय र व्यवस्था माथि ठुलो प्रश्न चिन्न खडा भएको टीकापुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष अर्जुन गहतराज (सुनार) र सचिव प्रकाश भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति उल्लेख छ ।
लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसायीको लुटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको बिषयमा बिभिन्न ठाउँका सुनचाँदी व्यवसायीहरुले बिरोध गर्दै आएका छन ।