टीकापुरमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक गम्भिर घाइते

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा हिजो राती करिब ८ बजेतिर मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिकापुर नगरपालिका वडा नं. १ निवासी मोटरसाइकल पछाडी सवार अन्दाजी ६० बर्षिय राजु चन्द रहेको ट्राफिक प्रहरी पोष्ट टीकापुरका प्रमुख प्रहरी नायव निरिक्षक खेम बिक्रम केसीले जानकारी दिए ।

नारायणपुर बाट टिकापुरतर्फ आउने क्रममा टिकापुर–वडा नं. ४ कोदयपुरमा अनिल जोसीले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको केसीले मलवारालाई बताए ।

मोटससाईकल दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको हो । चालक जोसीको भने टाउकोमा गम्भिर चोट लागेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेकोे टीकापुर ट्राफिक प्रहरी पोष्टका प्रमुख केसीले बताए ।

(समाचार सच्याइएको छ)

ताजा खबर

amazed