प्राज्ञिक समाजद्वारा पत्रकार चौधरीसहित ४ जना डा. सम्मानित

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा एकजना पत्रकारसहित ४ जना डा. लाई सम्मान गरिएको छ ।


समाजकालागि पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै कान्तिपुर दैनिकका संवाददाता गणेश चौधरी र पिएचडी उतिर्ण गरेका ४ जना डा. लाई सम्मान गरिएको हो ।


प्राज्ञिक समाज टीकापुरले सम्मान गरेको कार्यक्रममा डा. जगतबहादुर सिँह रावल, डा. धनकृष्ण उपाध्याय, डा. सुर्य प्रसाद पौडेल र खगेन्द्र घोडासैनी सम्मानित भएका हुन ।


प्राज्ञिक समाज टीकापुरका अध्यक्ष टंक संज्यालको अध्यक्षता मा भएको उक्त कार्यक्रममा प्रमूख प्रतिपक्ष दलका नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रण बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो ।


कार्यक्रममा माओवादी केन्द्र टीकापुरका नगर अध्यक्ष खडक शाह, नेपाली कांग्रेसका नगर सभापती धनराज उपाध्याय, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशर बहादुर कुवँर, प्राज्ञिक समाज टीकापुरका पुर्व अध्यक्ष गणेश ओझा लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम प्राज्ञिक समाज टीकापुरका सचिब खगेन्द्र उपाध्यायले संचालन गर्नु भएको थियो ।

amazed