banner

कैलाली क्षेत्र नं. १ मा राप्रपाले बिभिन्न व्यक्तिलाई जिम्मेवारी दियो

शेयेर गर्नुहोस

टीकापुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलाली क्षेत्र नं. १ र क्षेत्र नं. ख अन्र्तगतका नगरपालिका, गाउँपालिकामा जिम्मेवारी दिएको छ ।
पार्टीलाई संगठित तथा मर्यादित बनाउनका निमित्त पार्टीको अधिवेशनबाट बिभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको हो ।


कैलाली क्षेत्र नं. १ को अध्यक्षमा मानसिँह साउँद र प्रदेश सभा क्षेत्र नं. ख को अध्यक्षमा कृष्ण बहादुर शाह रहेका छन ।
यसैगरी टीकापुर नगरपालिका अध्यक्षमा प्रकाश भण्डारी रहेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जानकी गाउँपालिका अध्यक्षमा नर बहादुर बोगटी, मुनुवा अध्यक्षमा नारायण प्रसाद शर्मा रहेको राप्रपाका टीकापुर नगरपालिका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।


भण्डारीका अनुसार टीकापुर नगरपालिका वडा नं. १ को अध्यक्षमा अर्जुन शाही, वडा नं. २ मा नरबहादुर चौधरी, वडा नं. ३ मा नृप खड्का, ४ मा कृष्ण बहादुर शाह, ५ मा नरबहादुर शाह, ६ मा पुष्कर खड्का, ७ मा टेकराज पन्त, ८ मा हरिओम प्रकाश श्रेष्ठ र वडा नं. ९को अध्यक्षमा मिर्गेन्द्र बहादुर स्वाँर रहेका छन ।

ताजा खबर

टीकापुरका युवाहरु बिपद् व्यवस्थापनका लागि जुटे

निषेधाज्ञामा पनि कैलालीका वनमा चोरी शिकारी बढयो

उपनिर्वाचनः कोरोना संक्रमित २७ जनप्रतिनिधिले गरे मतदान

बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

amazed
corona alert

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!