banner

सत्ती भन्सार खक्रौलामा आगलागी

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला /
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलामा आगलागी भएको छ ।

गएराती करिब साढे आठ बजेको समयमा बिद्युत लाईन सर्ट हुदा भन्सार कार्यालय खक्रौलामा आगलागी भएको बिओपी खक्रौलाका शसस्त्र प्रहरी निरिक्षक पदम राज भट्टले जानकारी दिनुभयो ।

आगलागी बाट भन्सार कार्यालयमा खासै क्षति नभएको बिद्युत मिटर भने जलेर नष्ट भएको प्रहरी कालाकुण्डाका प्रहरी नायव निरिक्षक राजेन्द्र कुमालले बताउनुभयो । स्थानिय बासिन्दा शसस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

बिद्युतलाईन सर्ट भएर जलेका कारण भन्सारको दैनिक कामकाज गर्नमा असहज भएको छ । छिट्टै बिद्युतलाईन सुचारु गरि दैनिक कामकाजलाई नियमितता दिन पहल गरि रहेको भन्सार प्रमुख बिमल कुमार साहले मलवारालाई जानकारी दिए ।

ताजा खबर

टीकापुरका युवाहरु बिपद् व्यवस्थापनका लागि जुटे

निषेधाज्ञामा पनि कैलालीका वनमा चोरी शिकारी बढयो

उपनिर्वाचनः कोरोना संक्रमित २७ जनप्रतिनिधिले गरे मतदान

बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

amazed
corona alert
error: Content is protected !!