कैलालीमा संक्रमित बढेपछि गेटा मेडिकल कलेजमा आइसोलेसन बन्दै

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना संक्रमणको दोस्रो लहरले दैनिक ठुलो संख्यामा मानिस प्रभावित हुन थालेपछि गेटा मेडिकल कलेजमा आईसोलेसन कक्ष निर्माण भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा रहेको ६० बेडको आईसोलेसन कक्षमा बिरामीको चाप बढ्न थालेपछि गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण गर्न थालिएको हो ।

दुई हजार बेडको आइसोलेसन बनाउने लक्ष्य रहे पनि तत्काल १०० बेड क्षमताको आइसोलेसन निर्माण भइरहेको हो । पछि क्रमशः शय्या विस्तार गर्दै लैजाने बताइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर गेटा मेडिकल कलेज भवनमा आईसोलेसन निर्माणका लागि प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

मेडिकल कलेजमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा आईसोलेसन कक्ष निर्माण गरिएको हो । आईसोलेसन कक्ष निर्माणमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको पनि सहकार्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निकट भविष्यमै बिरामी भर्ना गर्न सुरु गरिने उनले बताए ।

गोदावरी नगरपालिकाका नगर उपप्रमुख रत्ना कडायतका अनुसार गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको सहकार्यमा आईसोलेसन कक्ष निर्माण कार्य अघि बढेको बताइन् ।

‘दुई हजार बेडको लक्ष्य रहे पनि आवश्यकता अनुसार बेड संख्या थप्दै जानेगरी काम भइरहेको छ,’ उनले भनिन् ।

यतिबेला कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन उनले सबैलाई आग्रह गरिन् ।

यसअघि धनगढी उपमहानगरपालिका–१५ मा रहेको २०० बेडको आईसोलेसन कक्ष निर्माण भईसकेको छ । कैलालीमा कोरोनाका कारण हालसम्म ६८ जनाको मृत्यु भएको छ भने ७ हजार ५६१ जना संक्रमित छन् । (साभारः रातोपाटी)

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *