भजनीबाट खैरोहिरोईन सहित दुई युवक पक्राउ

शेयेर गर्नुहोस


मान बहादुर ठकुल्ला
टीकापुर । कैलालीको भजनीक्षेत्रमा प्रहरीले लागुऔषध खैरो हेरोइन सहित २ युवकलाई पक्राउ गरेको छ ।


भजनी प्रहरीले भजनी नगरपालिका वडा न ३ कुसुमघाटबाट बिहिबार २ बजेको समयमा टीकापुर नपा २ बिजयनगर शिबिर बस्ने बर्ष २३ तपेन्द्र बहादुर शाही र सोही स्थानका बर्ष २३ का सन्तोष माझीलाई अन्दाजी ४ ग्राम लागुऔषध खैरोहिरोईन सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक नर बहादुर साउदले जानकारी दिनु भयो ।


प्रहरी चौकी जनकपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज पन्तको नेतृत्वमा खटिएको गस्ती टोलिले पक्राउ उनिहरु लाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई कारवाहीका लागि ईलाका प्रहरी कार्याल भजनी पठाइएको जनाइएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *