टीकापुरका जैसीद्वारा सहारालाई सहयोग

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरका मष्टी प्रसाद जैशीले बर्दगोरिया गाउँपालिका सडकपुर बौनियाँ स्थित सहारा घरमा बसोबास गर्ने बेसाहाराहरुलाई आज खाद्यान्न सहयोग गरेका छन ।


जैसीले आफ्नो जन्मदिनको अवशरमा खाद्यान्न सहयोग गरेका हुन ।


उनले चार कट्टा चामल, पाँच केजी दाल, पाँच लिटर तेल र टुथपेष्ट सहयोग गरेका हुन ।


कोरोना माहामारी भएकै बेला उनले सहारा घरमा मनकारीहरुको संख्या न्यून रहेको सुनेपछि त्यहाँ पुगेर बेसाहाराहरु लाई सहयोग गरेको बताएका छन ।
जैसीका अनुसार सहारा घरमा १ सय १० जना बेसाहाराहरु रहेको जानकारी दिएका छन ।


जैसीले बिगतका जन्मदिनहरुमा समेत बिभिन्न ठाउँहरुमा दुख, पिडामा रहेकाहरुलाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाउदै आएका छन । उनि टीकापुर अस्पतालमा कार्यरत छन ।
सहारा घर बौनियाँका बलबहादुर बिष्टले संरक्षण गर्दै आएका छन ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *