कोरोना बाट थप ३४ को मृत्यु, २२९९ थपिए

शेयेर गर्नुहोस

काठमाडौं । पछिल्लो थप २४ घण्टामा देशभर २२९९ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ ।

ताजा खबर

देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

amazed