१४ लाख नगद, १० महिलासहित २९ जना जुवाडे पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ । बौद्ध वृतमा इन्चार्ज परिवर्तन भएपछि सो क्षेत्रमा जुवा, तास र गुण्डागर्दी बढ्न थालेको छ । डिएसपी नविन कार्कीको सरुवा भएपछि बौद्धको इन्चार्जमा डिएसपी ढुण्डीराज न्यौपाने आएका छन् ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *