माओवादीले हटाएका कैलालीका ४ जनप्रतिनिधिको पद सर्वोच्चद्वारा थमौती

शेयेर गर्नुहोस

टीकापुर । नेकपा माओवादी केन्द्रले कारबाही गरेका कैलालीका चार जनप्रतिनिधिको पद सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत थमौती गरेको छ।
सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार अन्तरिम आदेश मार्फत थमौती गरेको हो ।

भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका–४ का अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसीको पद जोगिएको हो ।
उनीहरूले पदबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निज आफैंले वा निज समेत संलग्न भई अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएकाले कारबाहीमा रोक लगाइएको सर्वोच्चको आदेशमा उल्लेख छ।

एमालेमा प्रवेश गरेको भन्दै माओवादीले गरेको सिफारिशमा निर्वाचन आयोगले सूचना प्रकाशित गरी कैलालीका चार जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको थियो । त्यसका विरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए । उनीहरूको पद अर्को आदेश नभएसम्म थमौती भएको हो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *