शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं ८ स्थित खाद्य गोदाम नजिक घर भएका दिलिप बिष्टका ३ बर्षिय बालकको आज करिब ५ः३० बजे शब फेला परेको छ ।
टीकापुर नगरपालिका वडा नं. ४ बाघमारा स्थित घोयली सामुदायिक वन उपभोक्ता समूहको बेतझारीमा उनको शब फेला परेको हो ।
सो सामुदायिक वन अन्र्तगतको जमरा कुलोमा करिब ३ बर्षिय बालक बिबेक बिष्टको शब फेला परेको हो ।
बालक गत सोमबार दिउसो करिब ११ बजेबाट बेपत्ता भएका थिए ।
जमरा कुलोमा पानीको सतह कमि गरिएपछि बालकको शव फेला परेको बताइएको छ ।
वेपत्ता भएका बालकको खोजी कार्यका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारी, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटा सहितको टोली परिचालन भएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी कँडेल, जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी अधिकारी, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमूख डिएसपी सापकोटा आफ्नो कार्यक्षेत्रमा आएको एक महिनापनि भएको छैन ।
बालक बेपत्ता भएकै दिन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिश्व अधिकारी घटनाबारे अनुसन्धान गर्न टीकापुर पुग्नु भएको थियो ।
बालकको खोजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा स्थानिय युवाहरु परिचालन भएका थिए ।