लामो दूरीका सार्वजनिक सवारी सञ्चालनको सहजीकरण गर्न गृहको पत्र

शेयेर गर्नुहोस

काठमाडौँ । गृह मन्त्रालयले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सहजीकरणको निर्देशन दिएको हो ।

गृहका शाखा अधिकृत रामबहादुर केसीले पठाएको परिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरी मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ।

साउन ४ को मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक निर्णय भएको पत्रमा उल्लेख छ।

कोरोना महामारी वृद्धिपछि गत वैशाखदेखि काठमाडौँ उपत्यकाभित्र बाहिरी जिल्लाबाट यात्रुवाहक बस आउन दिइएको छैन। काठमाडौँ उपत्यकाभित्र भने सार्वजनिक बस सञ्चालनमा आइसकेका छन्।

ताजा खबर

टीकापुरमा बाढी र डुबानको निरिक्षणका लागि दुई मन्त्री आउदै

बाढी–पहिरोबाट ४८ को मृत्यु, ३१ बेपत्ता

बाढी, पहिरोमा परेर ३० जनाको मृत्यु , ३२ जना बेपत्ता

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

amazed