शेयेर गर्नुहोस
अत्तरिया । कञ्चनपुर जिल्लामा से १ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करवाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भिर घाईते भएकी छन् ।
शुक्लाफाँटा नगरपालिका वडा नं १० का ७३ वर्षीय राम खुना भएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करवाट गम्भिर घाईते श्रीमान श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो ।
श्रीमानको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी श्रीमती विष्णू खुनाको उपचार भइरहेको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक वेदकोट नगरपालिका –५ का २६ वर्षीय धन बहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।