पक्ष–विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएनः रेशम चौधरी

शेयेर गर्नुहोस

काठमाडौं । हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए ।

आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए ।

आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए । (यो समाचार रातोपाटीबाट लिइएको हो ।)

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *