नुहाउने क्रममा २ बालिकाको मृत्यु, एक वेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । भजनी नगरपालिका वडा नं. ९ स्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार मृत्यु हुनेमा धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी रहेका छन् ।
वेपत्ता ६ वर्षीया अनु सिंहको खोजी भइरहेको विष्टले बताए ।

घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर सो घटना भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका छन ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed