कैलालीको वनबाट काठ र काठ चिर्ने औजारसहित २ जना पक्राउ

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
टीकापुर । कैलालीको एक सामुदायिक वनबाट रुख काट्ने बिभिन्न औजारसहित दुईजना पक्राउ परेका छन ।


मोहोन्याल गाउँपालिका वडा न ७ स्थित संगम सामुदायिक वन उपभोक्ता समूह भित्र काठ चिर्दै गरेको अवस्थामा काठ र काठ चिरान गर्ने बिभिन्न औजार सहित दुईजना लाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुगरखालका प्रमुख प्रहरी नायब निरिक्षक राजेन्द्र कुमालले जानकारी दिएका छन ।


पक्राउ पर्नेमा ईलाम फाल्गुनानन्द गाउपालिका वडा न.ं ७ का २४ बर्षिया अर्जुन लिम्बु र बिष्णु लिम्बुलाई पक्राउ गरिएको कुमालले मलवारालाई जानकारी दिएका छन ।


उनिहरुको साथबाट विभिन्न साईजका ५६ थान कडी, ७ फिटे पटरा ३६ थान र काठ चिर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको जनाईएको छ ।


पक्राउ परेका लिम्बुलाई आवश्यका कारवाहीका लागि संगम सामुदायिक वनका अध्यक्ष डन्डी प्रसाद भण्डारीको जिम्मा लगाईएको समेत कुमालले जानकारी दिए ।
उक्त घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने स्थानिय बासिन्दाले बताएका छन ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed