टीकापुरमा दैलेखी सेवा समाजको कार्यसमिति पुनर्गठन

शेयेर गर्नुहोस

छबिलाल जैसी
टीकापुर । दैलेखी सेवा समाज कैलालीको कार्यसमिती पुनर्गठन गरिएको छ । समाजको शनिबार टीकापुरमा भएको भेलाले निवर्तमान अध्यक्ष देविलाल पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती पुनर्गठन गरेको हो ।


पुनर्गठित समितीको उपाध्यक्षमा शिवराज पाण्डेय, सचिवमा टोपबहादुर केसी, सहसचिवमा ज्ञानबहादुर रावल र कोषाध्यक्षमा धनसरी कुमारी कोइराला चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मनिराम ढुंगाना, राजु रानाभाट, दुर्गा पाण्डे, सीता परियार, भजन रावल र विष्णुप्रसाद कोइराला रहनुभएको छ ।

त्यस्तै भेलाले भक्तिराम कोइरालाको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । समितीका सल्लाहकार सदस्यहरुमा नरेश्वर धमाला, लक्ष्मि प्रसाद पाण्डेय, भक्तिराम पाण्डेय, लिलाराम पाण्डेय, गोविन्द प्रसाद कोइराला, तुलाराम न्यौपाने, यज्ञप्रसाद न्यौपाने र छबिलाल जैशी रहनुभएको छ ।


भेलामा उपस्थित सम्पूर्ण सदस्यहरुलाई निशुल्क मास्क समेत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनुभएकी समाजकी सदस्य स्वर्गिय शान्ति खड्काको निधनमा शोक प्रस्ताव समेत पारीत गरिएको छ ।

ताजा खबर

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

amazed