अछाममा बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

शेयेर गर्नुहोस

अछाम । अछाममा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिकाका दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

अछाम प्रहरीका अनुसार पन्चदेवल विनायक नगरपालिका वडा नं. ६ का करिब २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको हो ।


भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ। बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed